दोश्रो किस्ताका लागि म्याद थप्न आज बैठक बस्दै - Ramchandra Pandey's Blog

ताजा पोष्टहरू

Post Top Ad

Responsive Ads Here

Post Top Ad

Responsive Ads Here

Friday, February 9, 2018

दोश्रो किस्ताका लागि म्याद थप्न आज बैठक बस्दै

काठमाडौं-राष्ट्रिय पुर्ननिर्माण प्राधिकरणको निर्देशक समितिको बैठक आज बस्दैछ ।

प्रधानमन्त्री निवास बालुवाटारमा अहिले केहीबेरमा बस्ने बैठकले निजी आवास निर्माणका लागि लाभग्राहीले दोस्रो किस्ता बापत पुस मसान्तसम्म लिइसक्नुपर्ने भनी तोकिएको समयसीमा संशोधनको विषयमा निर्णय गर्ने प्राधिकरणले जनाएको छ ।

प्रधानमन्त्री आफै अध्यक्ष रहने यो समितिको बैठक प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सिइओमा युवराज भुषाल नियुक्त भएपछि पहिलो पटक बस्न लागेको हो ।

गत असार २७ मा प्रधानमन्त्रीको अध्यक्षतामा बसेको समितिको बैठकले गत वर्षको पुस मसान्तसम्म पहिलो किस्ता लिएका भूकम्पप्रभावितले दोस्रो किस्ता लिने समय एक वर्षका लागि तोकेको थियो ।

तर दोस्रो किस्ता लिनेको संख्या न्यून भएपछि बाँकी रहेकाका लागि समय सिमा संशोधनको लागि पहल थालेको हो । प्राधिकरण स्रोतका अनुसार आजको बैठकले किस्ता लिने म्याद ३ देखि ६ महिना थप गर्ने सम्भावना छ ।

No comments:

Post a Comment

Post Top Ad

Responsive Ads Here