डोरमणिको मुख्यमन्त्री बन्ने बाटो खुला, संसदीय दलको नेतामा अष्ठलक्ष्मी पराजित - Ramchandra Pandey's Blog

ताजा पोष्टहरू

Post Top Ad

Responsive Ads Here

Post Top Ad

Responsive Ads Here

Friday, February 9, 2018

डोरमणिको मुख्यमन्त्री बन्ने बाटो खुला, संसदीय दलको नेतामा अष्ठलक्ष्मी पराजित

काठमाडौं– एमाले प्रदेश ३ को संसदीय दलको नेतामा डोरमणि पौडेल निर्वाचित भएका छन् । यससँगै उनलाई प्रदेश ३ को मुख्यमन्त्री बन्ने बाटो खुलेको छ ।

संसदीय दलको नेता चुन्न एमालेले शुक्रबार भएको चुनावमा शाक्य र पौडेलले उम्मेदवारी दिएका थिए । दलको चुनावमा ५८ मत खसेकोमा पौडेलले ३४ मत पाए भने पार्टी उपाध्यक्ष समेत रहेकी शाक्यले २४ मत मात्र पाइन् ।

दलको नेता चयन भएपछि पौडेलले लोकतान्त्रिक पद्धति अनुसार चुनाव भएकाले यसलाई सहज रुपमा लिनु पर्ने बताए । प्रदेश ३ भावी मुख्यमन्त्री पौडेलले प्रदेश सरकारले स्थानीय तह र केन्द्र सरकारबीच पुलको रुपमा काम गर्ने बताए ।

प्रदेश ३ मा एमालेका ५८ सांसद छन् ।

No comments:

Post a Comment

Post Top Ad

Responsive Ads Here