‘चिरा परेर होइन सहमतीको आधारमा समीक्षा गर्नुपर्छ’ - Ramchandra Pandey's Blog

ताजा पोष्टहरू

Post Top Ad

Responsive Ads Here

Post Top Ad

Responsive Ads Here

Friday, February 9, 2018

‘चिरा परेर होइन सहमतीको आधारमा समीक्षा गर्नुपर्छ’

हालै सम्पन्न प्रदेश र प्रतिनिधिसभाको निर्वाचनमा नेपाली कांग्रेसको पक्षमा जनमत जुन प्रकारको आयो । त्यसले कांग्रेसमा बहसको विषय बनाएको छ । नेतृत्व परिवर्तनका कुरा उठेका छन् । तर यसमा म नेतृत्वको मात्रै कमी देख्दिन । सबैले आ-आफ्नो हैसियत अनुसारको दायित्वबोध गर्नैपर्छ ।

विपी कोइरालाको राष्ट्रियता, प्रजातन्त्र र समाजवादलाई नेपाली कांग्रेसले अनुशरण गर्दै विभिन्न कालखण्डमा परिवर्तनको नेतृत्व पनि गर्यो । नेपालमा अहिलेसम्म जेजती परिवर्तन भएका छन् । ती सबैमा नेपाली कांग्रेसले नेतृत्व गरेको छ । तर आज यो समयमा कांग्रेस कमजोर देखिएको छ । यो अवस्थालाई सुधार गर्नका लागि नेपाली कांग्रेस एक ढिक्का भएर अगाडि बढ्नुको विकल्प छैन । यो अवस्थाको समीक्षा, बहस हुनैपर्छ । तर चिरा परेर होइन सहमतीको आधारमा गर्नुपर्छ । जसले नेपाली कांग्रेसलाई बलियो बनाउँछ ।

कुनैपनि कुरा सहमतीको आधारमा अगाडि बढ्यो भने समस्याको समाधान हुन्छ । वर्तमान परिस्थितिको सम्बोधनका लागि पनि सहमती आवश्यक छ । नेपाली कांग्रेस प्रतिपक्षमा बस्छ । यो कुनै नौलो कुरा पनि होइन । लोकतान्त्रिक परिपार्टीमा जनताले प्रतिपक्षमा बस्नका लागि मत दिएका छन् । जनताको सरोकारको विषय नै नेपाली कांग्रेसको सरोकारको विषय हो । जन सरोकारका विषयलाई हामी सदनदेखि सडकसम्म पुर्याउनका लागि सशक्त भूमिका खेल्नुपर्छ ।

समृद्धिको लागि ४६ सालको आन्दोलनपछि ४७ देखि ५१ सालसम्म यो देश समृद्धिको बाटोमा गइराखेको थियो । जब ५१ सालमा माओवादीको जनयुद्ध सुरु भयो । देश त्यसैमा फस्यो । अब राष्ट्रसंग खेलबाड गर्नु हुँदैन । समृद्धि नेपाली जनताको लागि, नेपालको लागि अविश्वशनिय कुरा होइन । तर त्यसका लागि इच्छाशक्तिको जरुरत पर्दछ । राष्ट्रसंग अब खेलबाड गर्नु हुँदैन । नेपाली कांग्रेसले प्रतिपक्षमा बस्दा एउटा जवाफदेही प्रतिपक्षीको भूमिका निर्वाह गर्नु जरुरी छ । ताकि सरकारले समृद्धिको रेखा कोर्नका लागि काम गरोस । प्रतिपक्षीले देखाएको बाटोमा सरकार हिंड्न सकोस् ।

-हिमालय पोष्टसंगको कुराकानीमा आधारित

No comments:

Post a Comment

Post Top Ad

Responsive Ads Here